समाचार

जनगणनाका दौरान तीन गणकको मृत्यु

काठमाडौं / जनगणनाका क्रममा तीन जना गणकको मृत्यु भएको छ । रसुवामा एक गणकले आत्महत्या गरेका छन्, भने धादिङमा भीरबाट लडेर र कैलालीमा भने हर्ट अट्याक आएर मृत्यु भएको हाे । कैलालीमा मृत्यु हुने सुपरीवेक्षक हुन् । रसुवा र धादिङका गणक रहेकाे तथ्यांक विभागले बताएकाे छ ।
जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ ।

Leave a Comment