समाचार

एमाले महाधिवेशनले कांग्रेसको अधिवेशन अनिश्चित

चितवन / एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।

एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको बताइएकाे छ ।

एमालेको १० औं महाधिवेशनका कारण चितवनका सबै होटलहरु भरिएका छन् भने यातायात व्यवस्था पनि अस्तव्यस्त बनेको छ ।

Leave a Comment