समाचार

पैसाको अभावले मुमाबडामहारानी रत्नको बिचल्ली, औषधि र पानीसमेत किनेर खान गाह्रो !

शाहवंशका लोकप्रिय राजा महेन्द्रकी महारानी यतिबेला औषधि र पानीसमेत प्राप्त गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ भन्दा कतिलाई विश्वास लाग्ला ? हो, अहिले ९४ वर्षीया मुमाबडामहारानी रत्न खानेपानीसमेतको अभाव झेलेर बाँचिरहनुभएको छ ।तत्कालिन श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवसँग विवाह गरी बडामहारानी बन्नुभएकी रत्न राज्यलक्ष्मीदेवी शाहका लागि पति राजा महेन्द्रले मुलुकका विभिन्न ठाउँमा बंगला निर्माण गर्नुभयो । उहाँकै लागि चितवनमा दियालो बंगला र उहाँको नाममा पोखरामा रत्न मन्दिर बने ।

बडामहारानीका नाममा बंगलाहरूको निर्माण भए पनि दस्ताबेजमा उहाँको नाम थिएन । दरबारका महिलाको नाममा सम्पत्ति राख्ने चलन थिएन र राख्नुपर्छ भन्ने मान्यता पनि थिएन । दरबारका महारानी, युवराज्ञी र राजकुमारीहरूको आफ्नै स्वतन्त्र अस्तित्व नहुने हुँदा उहाँहरूको नागरिकतासमेत हुँदैनथ्यो ।आफूले ब्यवहार गर्नु नपर्ने भएपछि नागरिकताको आवश्यकता नै पर्दैनथ्यो ।मुमा बडामहारानी रत्न र रानी ऐश्वर्य, कोमल तथा अधिराजकुमारी प्रेक्ष्याका लागि माइतीबाट आएको दाइजोस्वरुप जग्गा र घरहरू राजाकै नाममा राखियो । कुनै बेला जिन्दगीको ल’डाइँ असहाय रूपमा एक्लै ल’ड्नु पर्ला भनी कल्पना पनि नगर्नुभएकी मुमा बडामहारानी रत्नको साथमा अहिले सम्पत्तिको नाममा यो पृथ्वीमा केही पनि छैन ।

आफ्ना पतिराजा महेन्द्रको अंश पत्नीले भोग चलन गर्न पाउनुपर्ने हो, तर पतिको अंश त के आफ्ना बाबुले दिएको दाइजो समेत उहाँसंग छैन । सबै सम्पत्ति राज्यले अधिग्रहण गरेका कारण उहाँले जिन्दगीको उत्तराद्र्धमा खालीहात हुनु परेको छ ।२०६३ सालको परिवर्तनपछि २०६४ सालमा नेपाल ट्रष्टको स्थापना गरी राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारको सम्पत्ति नेपाल ट्रष्टको नाममा राखियो ।

राजा वीरेन्द्रको सम्पत्ति भन्नुको अर्थ राजा महेन्द्रको सम्पत्ति थियो । पुस्तैनी सम्पत्ति बाबुबाट छोरामा सरेको थियो । जसमा स्वभाविकै रूपले मुमाबडामहारानी रत्नको पनि भाग लाग्थ्यो । पतिको सम्पत्ति पत्नीले उपभोग गर्न पाउने अंशसम्बन्धी कानून भए पनि नेपाल ट्रष्टमा वीरेन्द्रको सम्पत्ति राख्दा रत्नले कानूनतः प्राप्त गर्ने अंश भागलाई लिएर कानूनी प्रक्रिया अवलम्बन गरिएन ।

मुलुकमा गणतन्त्र आएपछि राजा ज्ञानेन्द्रले दरबार छोड्दा मुमा रत्नले नारायणहिटी छोड्न मान्नुभएन । नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा उहाँलाई बस्न दिइयो, तर आधारभूत सुविधाहरूबाट वञ्चित गरियो । सुरुमा उहाँका सुरक्षाकर्मीहरू तैनाथ थिए, पछि सुरक्षाकर्मी हटाइयो ।ती सुरक्षाकर्मीमध्ये स शस्त्र प्रहरीका एक जना ड्राइभर रहेछन्, जसले वर्षौंदेखि दरबारमै भएको ट्याङ्करमा नागर्जुनबाट पानी ल्याउने गर्थे ।जानकारीअनुसार मुमा रत्न नागार्जुनको पानी मात्रै खानुहुन्थ्यो । सुरक्षाकर्मी हटाएसँगै ती ड्राइभरलाई पनि सरकारले फिर्ता गरिदियो ।

दरबारमा पानी लैजाने ड्राइभर भएन, अहिले ट्याङ्कर छ, तर ड्राइभर नहुँदा पानी किनेर खानुपर्छ । उहाँसँगै काम गर्ने सहयोगीहरूका अनुसार पानी ल्याएपिच्छे मुमा बडामहारानी ‘यो नागार्जुनको पानी हो नि’ भनेर सोध्ने गर्नुहुन्छ । पानी जहाँको भए पनि उहाँलाई नागार्जुनको हो भन्ने गरिएको छ ।
ट्याङ्करवालाले पानी कहाँको ल्याउँछन् त्यो त कसैलाई पनि थाहा हुने गर्दैन ।मुमा रत्नको साथमा अहिले सहयोगी, भान्सेबज्यैहरू सबै गरेर २२ जना मानिसहरू छन् । ती २२ मध्ये धेरैजसो निकै पुराना सहयोगी हुन्, वृद्ध भएका छन् र तिनको जाने ठाउँ पनि छैन ।

२०२० सालदेखि दरबारमा काम गर्नुभएका ७७ वर्षीय शम्भु अधिकारी मुमा रत्नको अफिसियल काम हेर्नुहुन्छ । अफिसियल काम पनि के भन्नु कहीँ-कतैबाट उठाउने, लिने-दिने केही छैन । वर्षाैंदेखि दरबारको सेवा गर्नुभएका उहाँहरूले उमेर बढ्दै गए पनि झट्ट छोड्न सक्नुभएको छैन ।माओवादी नेता जनार्दन शर्मा जलश्रोतमन्त्री हुँदा पैसा नतिरेको भनेर मुमा बडामहारानीले बाल्ने गर्नुभएको बत्तिको लाइन का’टिदिनुभएको र मिडियाले ब्यापक वि’रोध गरेपछि मात्र लाइन जोडिएको थियो । पानीलगायतका सम्पूर्ण आधारभूत कुराहरूको व्यवस्थापन मुमा बडामहारानी आफैले गर्नुपर्छ, आफूसँग केही छैन छोरा राजा ज्ञानेन्द्रको भरथेग छ ।

पतिको अंश र आफ्नो दाइजो मात्रै पाउने हो भने उहाँको सम्पत्तिबाट अहिले आफूले चाहेको गर्न सक्नुहुने थियो । वर्षौं आफ्नो सेवा गरेका सहयोगीहरूलाई तलब, सुविधा केही छैन । उनीहरूलाई केही दिने मन छ तर दिनलाई उहाँ आफूसँग केही नभएको पीडा छ । वैभवमा बसेकी महारानीले आफ्ना सहयोगीलाई दशैँ तिहार खर्च दिन छोराको सहारा लिनुपर्छ, लिइरहनुभएको छ । यो सरकारले दरबारका महिलामाथि गरेको निर्मम ब्यवहारको एक उदाहरणीय घटना बन्न पुगेको छ ।मुमा बडामहारानीको औ’षधि उपचार पनि डाक्टरहरूले मा’नवीय नाताले गरिदिने गरेका छन् ।

जानकारीअनुसार डा. मृगेन्द्रराज पाण्डेले उहाँको उपचार गर्दै आउनुभएको थियो, तर अहिले ८७ वर्षीय डा. पाण्डे आफै उमेरका कारण त्यति हिँडडुल गर्न सक्नुहुन्न । नेपाली सेनाका अवकाशप्राप्त जर्नेल डा. खगेन्द्रबहादुर श्रेष्ठ समय-समयमा चेकजाँच गर्न त्यहाँ जाने गर्नुहुन्छ, पैसा लिनुहुन्न ।पतिको अंश प्राप्त गर्नु उहाँको अधिकार थियो तर, मुमा बडामहारानीमाथि सरकारले अन्याय गर्दा कतैबाट कुनै आवाज उठेन । ट्रष्टमा जानुअघि कमलादी कम्प्लेक्सलगायत अन्य केही ठाउँबाट आउने भाडाबापतको रकम उहाँले खर्च गर्दै आउनुभएको थियो ।

जानकारीअनुसार लाजिम्पाटमा स्टान्डर्ड चार्टर बैंक बसेको घर र वरिपरिको जग्गा रानी ऐश्वर्यलाई उहाँका बाबु केन्द्रशम्सेरले दाइजो दिनुभएको थियो । आमाको दाइजो भएकाले त्यहाँबाट आएको भाडाबापतको रकम छोरी श्रुतीले खर्च गर्ने गर्नुहुन्थ्यो । दरबार ह,’त्याकाण्डपछि श्रुतीका छोरीहरूकहाँ उक्त रकम जाने गर्थ्यो ।उक्त घर, जग्गा पनि अहिले नेपाल ट्रष्टमा तानिएको छ ।पैतृक सम्पत्तिमा छोरीको हक स्थापित नभइसकेका कारण राजपरिवारका महिला सदस्यहरूले विवाहमा दाइजो ल्याउने र लाने चलन थियो । अहिले पैतृक सम्पत्तिमा छोरीको हक स्थापित भइसक्दा पनि ज्यादै कम बाबुआमाले मात्रै छोरीलाई अंश दिने गरेका छन् । विगतमा राजदरबारका छोरी-बुहारीका नाममा आएको दाइजो उनीहरूको नाममा नरही आफ्ना पतिहरूकै नाममा गयो ।

सबै सम्पत्ति पतिको नाममा भएकै कारण मुमा बडामहारानीले अहिले जिन्दगीको उत्तराद्र्धमा भुक्तमान खपिरहनुपरेको छ । नेपाल ट्रष्टमा सम्पत्ति राख्दा कुन दाइजो हो कुन पुस्तेनी, केमा अंश लाग्ने, केमा नलाग्ने भन्ने सोधखोज नै नगरी सबै सारियो, जसका कारण दरबारका महिलाहरूले आफ्नो हक लाग्ने सम्पत्तिको उपभोग गर्न पाएनन् ।दरबारका महिला हुन् या झु’पडीका, सबै महिलाले समान रूपमा अधिकार उपभोग गर्न पाउनुपर्छ । मुमा बडामहारानी रत्नदेखि अधिराजकुमारी प्रेरणासम्मलाई हेर्दा राजाको सम्पत्ति अ’धिग्रहणका नाममा दरबारका महिलामाथि अ’न्याय भएको पाइएको छ ।

दरबारका महिलाहरू घरबाहिर निस्कन र आफ्नै कमाइ गर्न स्वतन्त्र थिएनन्, बाबुहरूले दिएको दाइजो र पतिको सम्पत्ति नै उनीहरूको बाँच्ने आधार हो भन्ने कुराको हेक्का नराखी उनीहरूको बिचल्ली बनाइएको छ । मुमा बडामहारानी रत्न जीवित भएका कारण सरकारले राजपरिवारको सम्पत्ति अधिग्रहण गर्दा हकले पाउने पतिको अंश कायम गरिदिनु पथ्र्यो ।आफ्ना पतिको अंश र माइतीले दिएको दाइजोसमेत नपाएको अवस्थामा उहाँको सम्पूर्ण खर्च राज्यले ब्यहोर्नुपथ्र्यो, पर्छ । तर यहाँ नागरिकका समस्याप्रति राज्य संवेदनशील नभइदिनाले अनेक प्रकारका असामान्य समस्याको उत्पत्ति हुने गरेको छ ।घटना र विचार

Leave a Comment