समाचार

कांग्रेस महाधिवेसन , सुनसरीमा ३ मा भाडभैलो : निर्वाचन स्थकित , गच्छदार अयोग्य नेता !

इटहरी । आसन्न नेपाली कांग्रेसको १४ औ महाधिवेसन अन्तरगत सुनसरी क्षेत्र नं ३ मा बिहीबार हुने भनिएको निर्वाचन अनिश्चितकालको लागि स्थकित भएको छ । कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका बिजयकुमार गच्छदारको बलियो पकड मानिएको सुनसरी क्षेत्र नं ३ मा गत बुधबार देखि नै निर्वाचनको तयारी चलेको थियो । सहमतिबाटै नेतृत्व चयन गर्ने भनि छलफल चलाएपनि चरम गुटबन्दिका कारण निर्वाचनमै जाने एक पक्षले अडान लिएपछि क्षेत्र नं ३ मा बिवाद चर्किदै आएको छ ।

निर्वाचनको प्रकृियाबाटै नेतृत्व चयन गर्ने भनि भेला भएका कार्यकर्ताहरू बिवादकै कारण तिन दिन देखि घाम तापेर फर्किन बाध्य भएका छन ।निर्वाचन प्रकृियामा संस्थापन पक्षका उपसभापति बिजय कुमार गच्छदार बाधक बनिरहेको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ । दुहबीस्थित रंगशालामा भेला भएका कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन हुनुपर्ने माग राख्दै नारावाजी समेत गरेका थिए । सहमतिको आधारमा ल्याइने नेतृत्व आफुहरूलाइ मान्य नहुने भन्दै कार्यकर्ताहरूले मैदानमै बिजय कुमार गच्छदार र निर्वाचन अधिकृत बिरूद्ध नारावाजी गरेका थिए ।

शयौको संख्यामा भेला भएका कांग्रेसका कार्यकर्ताहरूले आफ्नै नेता बिजयकुमार गच्छदारलाइ पार्टिभित्रकै अयोग्य भन्दै नारावाजी गरेका थिए । बिवादको बिषयमा बुज्न पुगेका प्रतिनिधिसभा सदस्य सिताराम मेहताले नेतृत्व चयन गर्ने बिषयमा गुटबन्दि हुनै पार्टिकैलागि घातक भएको गुनासो पोखेका थिए । सहमति या निर्वाचन प्रकृयाबाट नेतृत्व चयन भइसक्नुपर्नेमा अहिले सम्म बिवादमै अल्झनुले पार्टिको शिर झुकेको उनले दुखेसो पोखे ।

कांग्रेस कार्यकताका अनुसार क्षेत्र ३ मा सभापतिका लागि ३ जनाले उम्मेद्वारि दिएका छन जसमा मेहदि हुसेन , सत्यनारायण गच्छ्दार र प्रदिप चौधरी रहेका छन । ति मध्ये प्रदिप चौधरी कांग्रेस उपसभापति बिजय कुमार गच्छदारका निकट मानिदै आएका छन ।चौधरीलाइ सहमतिको आधारमा क्षेत्रको सभापति चयन गर्न नेता गच्छदारले एकपक्षिय दबाद शिर्जना गरेका थिए तर अन्य उम्मेद्वारहरूले सहमति भन्दा निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने अडान राखेपछि बिवाद चर्किएको थियो ।

निर्वाचन हुन्छ भन्दै भोकभोकै मतदान गर्न आएका कांग्रेसि मतदाताहरू बिगत ३ दिन देखि त्यतिकै फर्कन थालेपछि कार्यकर्ताहरू नै रूस्ट बनेका छन । यता सुनसरी क्षेत्र नं ३ का निर्वाचन अधिकृत देवनारायण यादवले भने मतदान सुरू गर्नु अघि मुचुल्का तयार पार्ने क्रममा केहि उम्मेद्वारहरू अनुपस्थिति रहेको कारण तोकिएको समयमा निर्वाचन गराउन नसकिएको सञ्चारकर्मिहरूलाइ प्रतिकृिया दिएका छन । तर उपस्थित कांग्रेसका कार्यकर्ता तथा स्थानीय नेताहरूले भने सुनसरी ३ मा नेतृत्व छान्ने सवालमा बिजय गच्छदार र निर्वाचन अधिकृत बाधक बनिरहेको आरोप लगाउदै आएका छन । बिवादित क्षेत्र ३ मा करीब ७शय कांग्रेसका मतदाताहरू रहेका छन । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा क्षेत्र नं १ , २ र ४ मा भने कांग्रेस अधिवेसन अन्तरगत शान्तको बातावरणमा निर्वाचन सम्पन्न भइसकेको छ । बिवाद देखिएको क्षेत्र ३ मा मुठभेडको सम्भावनालाइ मध्यनजर गर्दै सुनसरी प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

Leave a Comment