समाचार

गच्छदारलाई धमलाको प्रश्न : तपाइको क्षेत्रमा बारम्बार किन रोकिन्छ निर्वाचन ?(भिडियो सहित)

इटहरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न तहका अधिवेशन चल्दै गर्दा सुनसरी क्षेत्र नं ३ को अधिवेशन हुन सकिरहेको छैन । कांग्रेस उपसभापति समेत रहेका विजयकुमार गच्छदारको क्षेत्र सुनसरीको इटहरी, दुहवी, गढि, बर्जु लगाएतका स्थानमा महाधिवेशको प्रकृया अगाडि बढिरहेको छैन । सो ठाँउमा गच्छदारले सहमति गराउने भन्दै महाधिवेशनको प्रकृया रोकिरहेका छन् ।

तर, उनको यस्तो कदमलाई नयाँ पिढिले भने स्वीकार गर्न सकेका छैनन् । चेतन धमला यसै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका उठेका एक युवा नेता हुन् । संचार क्षेत्रबाट राजनीतिमा उदायका धमलाले सुनसरीको क्षेत्र नं ३ मा प्रतिस्पर्धा वा सहति कुनै पनि तरिकाले अधिवेशन नहुनु दुःखद भएको बताए ।

सामाजिक संजालमार्फट एक भिडियो संदेश जारी गर्दैै धमलाले सहमतिको नाममा यो क्षेत्रमा पार्टी ‘जेष्ठ नागरिकहरुको सभा त बनाइरहेका छैनौं ?’ भन्दै प्रश्न गरेका छन् । युवालाई पनि अगाडि जानुपर्ने आवस्यक्ता औंल्याएका धमलाले गच्छदारलाई ‘तपाँईकै ठाँउमा निर्वाचनमा किन एस्तो हुन्छ ?’ भन्दै प्रश्न गरेका छन् । गच्छदारको क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचनमा पनि धाँदली भएको आरोप लागेको थियो ।

Leave a Comment