समाचार

बालिका बलात्कार गरेको आरोपमा सेनाका हवल्दार पक्राउ

काठमाडौं । बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दार काठमाडौंबाट पक्राउ परेका छन् । नेपाली सेनाको ललितपुर लेलेस्थित सैनिक ब्यारेकमा कार्यरत हवल्दार ३६ वर्षीय गोविन्द सिंह विष्टलाई प्रहरीले बलात्कार आरोपमा बुधबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महशाखाले उनलाई पक्राउ गरी बानेश्वर वृत्तमा पठाएको छ । रामेछाप घर भएकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप उनलाई लागेको छ । नेपाली सेनाको सैनिक प्रहरीले उनको पक्राउ बारे चासो राखेको बिहीबार बिहान रिसिभ गर्ने जनाएको छ । उनीमाथि कोटेश्वरको एक होटलमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

Leave a Comment