Uncategorized समाचार

उदयपुरमा बसको ढोकाबाट झरेर यात्रुको मृत्यु

उदयपुर । उदयपुरमा आज विहान ५ः५० बजे त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगलमा ना ६ ख ९२४६ नम्बरको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका बरगाछी बस्ने अन्दाजी ३१ वर्षिय सिजन शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

गाईघाटबाट विराटनगर तर्फ गईरहेको बसमा गाईघाटबाट चढेका थिए । बसको पछाडीको सिट खाली हुँदा हुँदै मृतकले जलजले ट्राफिक पोष्ट पार गरेपछि चुरोट खान ढोकामा पुगेपछि चिप्लिएर झरेरको प्रत्यक्षदर्शी यात्रुलाई उध्रित गर्दै जलजले पोष्टका ट्राफिक प्रहरी हबलदार कटक बहादुर खड्काले बताए । बसको ढोकाबाट चिप्लिएर उनी घाइते भएको थियो ।

घाइते शर्माको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । अनुसन्धानको लागि बसको चालक र सहचाकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिए ।

Leave a Comment