समाचार

भूपेन्द्र बडुवालको हत्यामा संलग्न इन्स्पेक्टरका भाइ इटहरीबाट समातिए

इटहरी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्यामा संलग्न रहेको आरोप लागेका मदन शाही पक्राउ परेका छन् । मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् । उनलाई प्रहरीले सुनसरी जिल्लाको इटहरीबाट पक्राउ गरेको बताएको छ । उनलाई केहीबेरमा सार्वजनिक गरिने जनाएको छ ।

अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरामा भूपेन्द्रको हत्या गरेका थिए । भूपेन्द्रको हत्याको कारण प्रहरीले अझै पत्तो लगाउन सकेको छैन । केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Leave a Comment