समाचार

‘गुन्डानाइके’ गिरीको पक्षमा मोरङ कारागारअगाडि प्रदर्शन

काठमान्डाैं / जिल्ला कारागार मोरङअगाडि सोमबार पनि प्रदर्शन गरिएको छ । नेपाली काङ्ग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दै चौकीदार कात्तिक कामतविरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनको नेतृत्व काङ्ग्रेस विराटनगरका सहसचिव सचिन पोखरेलले गरेका छन् । पोखरेलले कारागारमा भइरहेको बेथितिविरुद्ध आन्दोलन थालिएको बताए । तर आपराधिक पृष्ठभूमिका गुन्डानाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउनलाई वल पुर्‍याउनका लागि काङ्ग्रेस कार्यकर्ताहरूले दिनै प्रदर्शन गरिरहेका हुन् ।

गिरीकै योजनामा कारागार लामो समयदेखि अशान्त बनिरहेको छ । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका नामुद अपराधी हुन् । काठमाडौँको डिल्लीबजार कारागारबाट ल्याइए पनि अनेक अवरोधका कारण मोरङ कारागारमा प्रवेश नपाएपछि उनकै योजनामा अनेक लफडा भइरहेको हो । गिरीलाई अहिले सप्तरी कारागारमा राखिएको छ । उनी समर्थक काङ्ग्रेसका नेताकार्यकर्ताले मोरङ कारागारअगाडि आइतबार पनि प्रदर्शन गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आन्दोलन हुन थालेपछि कारागार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको बताए । गुन्डा नाइके गिरीको शुक्रबार कारागार व्यवस्थापन विभागले पुनः मोरङ कारागार सुरुवा गरेको छ ।

Leave a Comment