समाचार

इटहरी प्रहरीलाइ झस्काउने तिन हत्याकाण्ड : डिएसपि खडका भन्छन अब फायल पल्टाउछु

इटहरी । २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको बिभत्य हत्या भयो । हत्या भएको १४ वर्ष बितिसकेपनि अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् । घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्या काण्ड बेला बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन ।

त्योबेला इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक बिश्वमणी पोख्रेल थिए । बिभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहश्य र दोषी अझै पत्तो लागेको छैन । २०७२ फागुन २० गते इटहरीकै एक बिपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका सपना भुजेलको विभत्स हत्या भयो । हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरी प्रशासनले अभियुक्तलाई पक्राउ गर्न नसक्दा सपना हत्याकाण्ड पनि त्यत्तिकै ओझेलमा पर्याे । सुरूवाति समयमा बिभिन्न महिला समुहले हत्याको बिरोधमा बुलन्द आवाज उठाएपनि बोलिदिने मान्छे नै नहुदा यो काण्डपनि अहिले त्यतिकै सेलाउन पुगेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएर चर्चामा आएका तत्कालिन डिएसपी ओम अधिकारीले घटनालाइ नजिकबाट अनुसन्धान गरेको बताउदै अभियुक्त पक्राउ गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनको पालामा सपना भुजेल हत्याकाण्डका दोषी पत्ता लाग्ने र परिवारले न्याय पाउनेमा आफन्त र नगरवासीको चाहना थियो तर उनि पनि सरूवा भएर गएपछि घटना रहस्यमयमै रहिआएको छ ।

त्यस्तै २०७४ असार १३ गते इटहरीमा सोच्दै नसोचेको घटना हुनपुग्यो । इटहरी उपमहानगरपालिका–४ मा रहेको अग्र्यानिक रेस्टुरेन्टमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । पोखरीमा डुबेको अवस्थामा फेला परेकी २९ वर्षीया रञ्जु ठकुरीको हत्या भएको भन्दै पूर्वजर्नेल कुमार फुदोङमाथि हिंसात्मक आक्रमण भएको थियो । महिलाको धेरैले हत्या भएको दावी गरेपनि प्रहरीले घटना के हो खुलाउन नसक्दा आजसम्म पनि रहस्यमै रहेको छ । त्यतिबेला इलाका प्रहरी कार्यालयमा नयाँ डिएसपी नरेशराज सुवेदी थिए । घटनाको अनुसन्धान सुरू गरेपनि मुख्य चुरो पत्ता लाउन नसक्दा अहिले त्यो पनि त्यतिकै सेलाउन पुगेको छ ।

तीन मुख्य हत्याकाण्डसँगै इटहरीमा सुल्झिन नसकेको अर्काे विवाद अबैध बित्तीय कारोबार हो । इटहरी क्षेत्रमा अहिले पनि अबैध बित्तीय कारोबार गुपचुपमा हुने गरेको पाइएको छ । अबैध बित्तीय कारोबारमै संगलग्न इटहरी रूचि हाडर्वेयरका सञ्चालक अरबिन्द कुमार अग्रवाल ४ वर्षदेखि फरार छन् । अग्रवालले सर्वसाधरणहरूबाट करिब १० करोड रुपैयाँ डुबाएर फरार भएका हुन् । त्यस्तै बित्तीय कारोबारमै संलग्न अर्का व्यवसायी भुलन जैसवाल पनि २ वर्षदेखि फरार रहेका छन् । उनले इटहरीका सर्वसाधरणबाट करिब १२ करोड रुपैयाँ उठाएर फरार भएका हुन् ।

यता इलाका प्रहरी कार्यालय इटहरीमा गत मंसिर २ गते आएका नयाँ प्रहरी प्रमुख डिएसपि खगेन्द्र खडकाले अनुशन्धानको प्रकृियामा रहेका तर हाल सम्म अभियुक्तहरू फेला नपरेका पुराना अपराधिक मुद्धाका फायलहरू पुनः खोल्ने बताएका छन ।

इटहरीमा सञ्चारकर्मिहरूसंग कुरा गर्दै डिएसपि खडकाले सोमबार १४ वर्ष अघिको अग्रवाल दम्पति हत्याकाण्ड देखि लिएर चर्चित तिनै वटा हत्याकाण्डको पनि फाइल खोले अनुशन्धान गर्ने बताएका छन । त्यो संगै उनले इटहरीमा रहेका बिभिन्न अपराधिक गतिविधिहरूलाइ निर्मुल बनाउन लागि पर्ने पनि प्रतिवद्धता ब्यक्त गरेका छन ।

सञ्चारकर्मिहरूसंग कुरा गर्दै डिएसपि खडकाले बिगतमा पनि १ वर्ष इटहरी बसेर काम गरिसकेको अनुभव सुनाउदै अपराध अनुशन्धान तथा शहरमा शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसंग नझुक्ने र सम्झौता पनि नगर्ने बताए । ब्याक्तिगत एवम राजनीतिक पहुचलाइ परै राखेर नेपालको संविधानले तय गरेको कानुनलाइ टेकेर मुद्धा दर्ता देखि न्याय सम्पादन सम्मको भुमिकामा इटहरी प्रहरी कटिवद्ध रहेको उनले बताए । हालै कार्यभार सम्हालेका डिएसपि खडकालाइ इटहरीका सञ्चारकर्मिहरूले शहरमा हुने चोरी , बेश्याबृत्ती , ठगि , लागुऔषध कारोबार नियन्त्रण र रात्रि गस्ति बढाउन सुझाव दिएका थिए ।

Leave a Comment