समाचार

भरुवा बन्दुकसहित लिम्बू पक्राउ

काठमान्डाैं / धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर–३, चिउरीबोटेका २४ वर्षीय राजन लिम्बूलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाईछिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेपछि उनलाई पनि पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Comment