समाचार

काँग्रेस महाधिवेशन : सुनसरी २ (क) मा सुवेक्छु देवान सहित प्यानलै विजयी

सुनसरी । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ (क) मा सुवेक्छु देवान विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा धनबहादुर पुरिलाई पराजित गर्दै देवान विजयी भएका हुन् । कुल खसेकाे ३१० मत मध्ये देवानको पक्षमा १६५ मत र पुरीको पक्षमा १४१ मत प्राप्त गरेका थिए भने ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै उपसभापतिमा घनश्याम खड्का, सरिता आङ्दाम्बे सचिवमा चिन्तामणि सापकोटा, इतर प्यानलका महेश चौधरी विजयी भएका छन्। त्यस्तै सहसचिवमा कर्ण बहादुर बुढाथोकी तथा सुभद्रा राई विजयी भएका छन्।

Leave a Comment