समाचार

सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

सप्तरी / सप्तरी उद्योग वाणिज्य संघ राजविराजको नयाँ नेतृत्वको लागि आज शनिबार मतदान हुँदैछ । संघको ११औँ अधिवेशनका लागि उम्मेदवारले २६ कात्तिकमा उम्मेदवारी दर्ता गराएका थिए ।

आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म अध्यक्षसहित १४ पदका लागि मतदान हुने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रामकुमार यादवले जानकारी दिए ।
कुल १ हजार ३२२ मतदाता रहेको संघको नेतृत्वका लागि दुई जना शंकर दास र लालुप्रसाद अग्रवालले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष दासको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, वाणिज्यतर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दीनेशप्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् ।

साे प्यानलबाट सदस्य पदका लागि संजय पूर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो प्यानलबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।

अग्रवालको प्यानलबाट उद्योगतर्फ उपाध्यक्ष दुर्गानन्द साह, वाणिज्यतर्फ उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र विमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् ।

साे प्यानलबाट सदस्यमा सन्तोष सिह्ना, विनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् । यस्तै सदस्यतर्फ एक जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Comment