खेलकुद समाचार

हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

काठमाडौं / आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले चौधरी ग्रुपको सिजी ब्रुअरीअन्तर्गतको नेपाल आइसको मुख्य प्रायोजन पाएको छ ।

यस्तै शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुने लिगका लागि शेर्पालाई केटीएम सिटीले किट प्रायोजन गर्ने भएको छ ।
शेर्पाले बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल आइस र किट प्रायोजक केटीएम सिटीसँग सम्झौता गरेको हो ।

शेर्पाका कार्यबाहक अध्यक्ष फुपु दोर्जे शेर्पा र सिजी ब्रुअरीका प्रदीप पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
शेर्पा २०६२ सालमा ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता शेर्पाले नियमित लिग खेलिरहेको छ ।

शेर्पाले लिगको आफ्नो पहिलो खेलमा शनिबार संकटा क्लबसँग खेल्नेछ ।
उद्घाटन खेलमा भने फ्रेन्डस क्लब र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

Leave a Comment