समाचार

उदयपुरमा श्रीमानले श्रीमति काटेर मारे

उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिलाई काटेर मारेको छ । लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्मा बस्ने ७० वर्षिय श्रीमान सन्तबहादुर राईले श्रीमति ५६ वर्षिय चतुरमाया राईलाई सोमबार राति अन्दाजी २३:३० बजेको समयमा धारिलो हत्यारले प्रहार गरी हत्या गरेको छ ।

श्रीमतिलाई हत्या गरेपछि श्रीमानले आफ्नो घाँटि समेत रेटी घाइते अवस्थामा रहेको जानकारी पछि प्रहरीले हत्यारालाई पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । घाइते हत्यारालाई जिल्ला अस्पतालमा उपचारको लागि लगिएको छ । हत्यारालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । मृतक चतुरमाया कान्छी श्रीमति हुन् ।

Leave a Comment