समाचार

छठ पर्व हेर्न रामधुनी हिडेकी १९ वर्षीय रन्जिता भइन् बेपत्ता, अपहरणमा परेको परिवारको दावी

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ नैनी गाउँकी एक किशोरी एक सातादेखि बेपत्ता भएकी छिन् । गत कार्तिक २४ गते छठ पर्व हेर्न झुम्का हिडेकी १९ वर्षीय रन्जिता चौधरी सम्पर्कविहिन भएको परिवारको भनाई छ । उनलाई इटहरीका ३० वर्षीय विवाहित पुरुष सुमन पौड्यालले अपहरण गरेको परिवारको आरोप छ ।

साथीहरुसँग छठ हेर्न गएकी चौधरीलाई उक्त दिन पौड्यालले घर पुर्याइदिने भन्दै मोटरसाइकलमा हालेर लगेका थिए । गाउँका दाई पर्ने पौड्यालले ११ः३० बजेतिर धरानतिर मोटरसाइकल मोडेपछि ती किशोरीले गाउँकै एक अङ्कल पर्नेलाई म्यासेजमा आफुलाई बचाउनुहोस भनेर म्यासेज गरेको बताइएको छ । पछि फेरी चौधरीले आफुलाई धरानको जङ्गल हुँदै एक पुल मुनिको घरमा लुकाएर राखेको भन्दै खबर गरेको र त्यसपछि सम्पर्कविहिन भएको चौधरीका भिनाजु दीप नारायण चौधरीले बताएका छन् ।

पौड्याल वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्ष दुबई बसेर आएका हुन् । उनको श्रीमती इटहरीमा बस्ने गरेको र श्रीमतीले सम्बन्ध बिच्छेद गर्न खोजीरहेको बताइएको छ । पिडित परिवारले इलाका प्रहरी कार्यलय पकली र धरानमा उजुरी दिएको छ । धरानका प्रहरी निरिक्षक हेमराज ओलीले खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए ।

Leave a Comment