समाचार

इटहरीमा बन्दको आंशिक प्रभाव : पसल बन्द गराउँदै हिँड्ने विप्लवका २० जना कार्यकर्ता पक्राउ

इटहरी / इटहरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । इटहरीमा राजमार्गमा विहानैदेखि सार्वजनिक सवारीसाधन कम चलेका छन् । बन्दका क्रममा पसल बन्द गराउँदै हिँड्ने २० जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको लाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए ।

नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकललगायत अत्यावश्यक सेवा भने खुल्ला छन् । त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायातलगायत सबै क्षेत्र बन्द गरिएको छ ।विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरुद्धमा नेपाल बन्दको आह्वान गरेको हो ।

Leave a Comment