समाचार

ओखलढुङ्गामा तीर्थयात्री बाेकेकाे बोलेरो दुर्घटना : मृत्यु हुनेकाे संख्या ४ पुग्याे, १२ घाइते

ओखलढुङगा / ओखलढुङगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको र अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Comment