समाचार

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो, भाग्ने क्रममा सातजना घाइते

मुस्ताङ / मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उहाँले भने । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताए ।

Leave a Comment