समाचार

विराटनगरबाट सवा एक लाखसहित ६ जुवाडे पक्राउ

विराटनगर / विराटनगरबाट सवा एक लाखसहित ६ जुवाडे पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१६ भट्टीमोडबाट एक लाख २५ हजार पाँच सय रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो । स्थानीय लक्ष्मी लामाको घरमा तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा विराटनगर–१५ का ४३ वर्षीय वसन्त राई र २७ वर्षीय महादेव श्रेष्ठ, विराटनगर–१६ का ४८ वर्षीय पर्वत डङ्गोल र ४८ वर्षीय उमेश दाहाल, विराटनगर–१४ का ३९ वर्षीय अनिल विक र विराटनगर–१३ का ५७ वर्षीय श्याम लामा रहेका छन् । पक्राउ परेका उनीहरूलाई जुवा ऐन २०२० कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी श्रेष्ठले जनाए ।

Leave a Comment