समाचार

कथा : रगतकाे सम्बन्ध

पानी निकै दर्किएर पर्दैथियाे अनि सबै तिर अध्याराे छाएकाे थियाे । दिउँसो चार बजे पनि बेलुकी पखकाे अाभाष संगै मेघगर्जनले केही अनिष्ट हुन लाग्याे कि मनमा पराकम्पन भइरहेको थियाे । अफिसकाे कामले बाहिर निस्केको पनि धेरै समय भएको थियाे , रिसिप्सनकाे बहिनिले सर कति बेला फर्किने भनेर साेध्न छैटाे पटक कल गरिसकेकी थिइन । उनलाई खाजा खान पनि जहिल्यै साथी चाहिने रछ , म नभएको दिन त भाेक‌ै बस्ने बानीले अाजित बनाउने गर्थी । अझ अनलाइन खाजा मगाएकीले पनि संगै खाजा खानपर्छ सर भनेकी हुन । फेरि पहिलाे पटक अनलाइन मगाकाे छु सर, चाडै आउनु भनेर दुई बजे कल गरेकी , चार बज्नै लाग्दा पनि नपुग्दा अनि माैसमले अनाैठाे च्यालेञ्जले उसंगै ममा पनि छटपटाहटले ठाउँ लिदै थियाे । म धरान लाइनमा थिए , पानी संगै हावा वेजाेडका साथ साथ दिईरहेकाे थियाे । सडक किनार जाेडिएकाे पसल संगै बटुवाहरुले भरिएको पेटिमा अाेत लागेर म पनि उभिएको थिए ।

अचाजक ढ्याम्म गरेकाे अावाज अायाे , कान थर्काउने गरि अनि आफैलाइ केही ठाेक्किए झै भान भयाे । पलभरमै अगाडि रगमा लतपतिएकाे अनुहार देखापर्याे । क्षणभरमै माहाेल काेलाहलले भरिएकाे थियाे , एक युवती मेरै अगाडी पार्किङ गरि राखिएको कारकाे पछाडिको सिसामा निकै जाेडसंग ठाेक्किएकी थिईन । स्कुटी संगै पछाडिबाट कारमा ठक्कर खाएकी उनी हुत्तिएर कारकाे पछाडिको सिसामै शिर ठाेक्किने गरि पछारिएकी थिइन, निमेषभरमै रगताम्य भएकी थिन । कारकाे पछाडि र उनी सवार स्कुटरकाे अगाडिको भाग बयान गर्न नसकिने गरि क्षतिग्रस्त भएको थियाे । सबै जना वरीपरी भेला भए , उनलाई हेरेर के गर्ने कसाे गर्ने भए तर कसैले उनलाई फुटेकाे सिसाबाट निकाल्ने चेष्टा गरेनन । कतिपयले माेबाइलबाट तस्बिर खिच्न थाले ।

म नजिक पुगे, उनले सहयाेगकाे अाशयसाथ अाैलाले इशारा गरिन र बेहाेस भईन । मैले हतारहतार उनलाई मुनि सारे र उनकाे टाउकाे बाट हेलमेट हटाए, तर हेलमेट लागएपनि शिरबाट रगत बगिरहेकाे थिए। मेराे हात संगै मेराे सर्ट पनि राताे रंगमा रंगिन पुग्याे। निकै सम्हालेर उनलाई उतारेर अाफ्नाे शरिरमा अडेस लगाएर एम्बुलेन्स लाई कल गर्नुन भन्दै थिए , तत्कालै एक जना ट्राफिक प्रहरी अगाडि उभिएको देखे । उनले एम्बुलेन्स तिर देखाउदै ती युवतीलाई उठाउन भने पछि मैले उठाएर लगे । केही असहज महसुस भए पनि एम्बुलेन्समा हाले । एम्बुलेन्समा पहिले बाट नै दुई जना रहेकाे थियाे । दुर्घटनामा परेकि युवतीलाई एम्बुलेन्समा राखेर अाेर्लिन खाेज्दै थिए , उनले मेराे हत्केला समाएकाे पाए । त्यहिबेला तपाईं पनि संगै जानुस भनेर ट्राफिक प्रहरीले भन्याे ।

अरु दुइ तीन जनाले राम्ररी लानु है भाइ भन्दै सुने, ड्राइभरले एम्बुलेन्सकाे ढाेका लगायाे , अनि एम्बुलेन्स धरान तिर हुइकियाे । भत्किएको बाटाेमा गाडी बेस्सरी हल्लिदा उनी स्ट्रेचरबाट लड्न पुगिन , मैले उठाएर अाफ्नाे शरिरमा आड लगाएर राखे । ३० मिनेटकाे बाटाेमा निकै लामाे महसुस हुदै थियाे। उनकाे शरीर रगत पुरै लत्पतिएकाे थियाे, मैलै सर्ट खाेलेर उनकाे टाउकाेमा कसेर बाधिदिए । रगत बग्न बन्द भयाे या भएन तर आफुले उनलाई सहज बनाउन निकै काेशिश गरेकाे आफैले महसुस गरिरहेकाे थिए । उनले मलाई निकै कसेर समाएकी थिईन, उनकाे मुखबाट कुनै आवाज आएकाे थिएन । तपाईंको नाम के हाे , कहाँ काे घर भनेर साेधे , उनले आखा खाेलिन तर केही बाेल्न सकिनन । याे दृश्य एम्बुलेन्समा संगै भएकी अधबैंसे महिला र किशोर बालकले टुलुटुलु हेर्दै थिए , मलाई अात्तिएकाे देखेर मलाई नआत्तिन भनिन । तर मेराे अवस्थाकाे बयान अाफैले गर्ने अवस्थामा थिईन । मेराे माेवाइलमा अफिसकाे नम्बरबाट कल अायाे , मैले उठाउन सकिन ।एकैछिनमा म्यासेज अायाे, सर तपाईंलाई मैले पर्खिन सकिन , मैले खाजा घर लगे है । तपाईंको ईगनाेर गर्ने वानी मलाई पिटिक्कै मन परेन , साथमा पाँच वटा रिसाएको इकाेजी थियाे ।

मैले माेवाइल गाेजीमा राखे , अनि उनलाई कसेर समाए । हामी धरानको विपि क्याम्प अस्पतालकाे अाकस्मिक वार्ड अगाडि थियाै । उनलाई उठाएर भित्र लगियाे । केही नर्सहरुले उनलाई स्लाइन लगाउदै प्राथमिक उपचार गर्न तिर लागे । एक जना अाएर मलाई उनकाे नाम साेधे तर म त अगाडि भइरहेको दृश्यले निकै थकित बनाएको थियोे । म केही बाेल्न सकिन , फेरि साेधेपछि उनकाे पकेट छामे उनकाे जिन्सकाे पछाडि माेवाइल रहेछ ।अचम्म लाग्याे , यति ठुलो दुर्घटना पछि पनि माेवाइल उनकाे पकेटमै थियाे । उनकाे फाेनकाे कभर पछाडि लाइसेन्स थियाे, नाम बन्दना क्षेत्री रहेछ । उनकाे विवरण दिएर , फाेनमा उनकाे अाैलाबाट लक खाेल्न खाेज्दै थिए, उनले मेराे हात समाउदै एैया भन्दै कराइन । मैले हतारिदै हात हटाएर पछि सरे । याे देखेर एक जना नर्सले मलाई तपाईंको मान्छेकाे धेरै रगत बगेकाे छ तपाईं रगतकाे व्यवस्था गर्न तिर लाग्नुस भनिन । उनकाे लाइसेन्समा ए नेगेटिभ लेखिएको रहेछ । मैले हस्पिटलमा रहेकाे रेड क्रसकाे ब्लड बैकमा कल गरे , कल लागेकाे थिएन छेउमा उभिएकी नर्सले गाली गरिन । खुरुखुरु ब्लड बैक नगएर के फाेनमा झुन्डिएको भनिन , निकै रिस उठ्याे तर केही बाेलिन। फाेन लाग्याे मैले लाउड स्पिकर गरे । दाइ म सुवास बाेल्दैछु भने , उता बाट के छ भाइ खबर साेध्नुभयाे । मैले ए नेगेटिभ रगत चाहिएकाे बताउदै सबै कुरा भने । उहाले अहिले साे ग्रुपको रगत छैन तर म एक जना बाेलाउछु भन्नुभयाे । मैलै हुन्छ भन्नै लागेकाे थिए उहाले उहाले सुवास भाइ तपाईंको रगत पनि ए नेगेटिभ हैन र भनेर भन्नुभयो । हाे दाइ तर म अहिले दिन मिल्दैन तपाईंलाई थाहा छ नि भने । उहाले हुन्छ म हेर्छु भन्दै फाेन राख्नु भयाे । मेराे कुरा छेउमा उभिएको नर्स सुनेपछि केही बाेलिनन अनि उपचारमा लागिन ।

फाेनकाे लक खाेले उनकाे परिवारलाई कल गर्नलाइ काेशिस गरे तर परिवारलाइ सम्पर्क सकिन । केही नम्बरमा कल गरे तर उनकाे फाेनमा सम्बन्ध देखिने स्पष्ट नाम सहितकाे नम्बर थिएन । मलाई केही अाैषधिहरु किन्नका लागि पठाए । म बाहिर निस्के, शरीर भरी रगत लागेकाे थियाे । पहिले मुख धाेए अनि सर्टले रगत पुछे । सर्ट त्यहि छाेडे अनि अाैषधि किनेर ल्याएर दिए । उनलाई अाइसियुका सारियाे , मसंग भएको पैसा पनि सकियाे । मैलै एउटा टिसर्ट पनि किनेर लगाए । भित्र पुग्दा मलाई चाडै रगत उपलब्ध गराउन भनियाे। म हतारिएर ब्लड बैक पुगे । रगत दिने मान्छे नआएकाे भनेपछि म आफैले रगत दिने साेचे ।

भाइ तिमिलाइ गाह्राे हुन्छ तिमी नदेउ भन्नुभयो । तर निकै ढिलाे भइसकेको थियाे , मैले जे भए पनि दिने भने । मैले रगत दिएर , ब्लडकाे पाेका लगेर नर्सलाइ दिए । उनले मलाई बाहिर नै पर्खाइ भित्र गइन । म कमजोर महसुस गर्दै थिए । बिहान घरबाट नास्ता मात्रै खाएर निस्केको थिए , अनि भाेकै थिए र त्यसमाथि रक्तदान । उनकाे माेवाइल बज्याे , नयाँ नम्बर रहेछ । मैले उठाए , उताबाट काेहि महिला थिईन , मेराे बाेली लरबराइ रहेकाे थियाे । मेराे अगाडि भएको कारमा उनकाे स्कुटर ठाेकिएर दुर्घटना भएको छ , अनि अहिले विपिमा एमेर्जेन्सीमा भर्ना गरीएकाे छ । मैले नै अस्पताल ल्याएकाे पनि भने र चाडै आउनुहाेला भन्दै फाेन राखे ।

म उभिएको देखेर।मलाई नर्सले बस्न भनिन । उनलाई सबै कुरा बताए र फाेन उनकाे जिम्मा दिदै खाना खान गए । खाना खाएर फर्किए पछि नर्सले उनकाे परिवार आउद‌ैछन भनिन, उनकाे परिवारले फाेन गरेकाे रहेछ । राति ११ बजिसेकेकाे थियाे , छेउमा भएको बस्ने ठाउमा केहिबेरमा निदाए ।

एेमरजेन्सी वार्डबाहिर हल्ला भइरहेकोले मेराे निन्द्रा खुल्याे , करिब ४/५ जनाले नर्ससंग बहस गर्दै थिए । त्यहीँबाट एक जना नर्सले मतिर अाैला देखाउदै केही भन्दै थिइन । त्यहीँ भिडबाट एक जना केटा म तिर अाएकाे देखे । उ मेराे नजिक आयाे , मेराे टिसर्ट समाउदै मलाई अचानक अाफ्नाे पूरा बल लगाएर एक झापड लगाइदिए । मेराे निद्रा नै खुल्याे , अचानक सबै अध्याराे महसुस भएको थियाे भने म भुइमा लड्न पुगे । मेराे टाउकाे म बसेकाे फलामे कुर्सीमा नराम्राे संग ठाेक्कियाे, रगत बग्न थाल्याे । वरिपरिका सबै जना मलाई घेरेर उभिएको देखे , एउटा अपराधीलाई घेरे जस्तै मलाई घेरेकाे पाए । मलाई झापड हिर्काउने केटाले , साले तलाइ कार चलाउन अाउदैन, मेराे श्रीमतीलाई केही भयाे भने तलाइ छाेड्दिन भने र फेरि मुक्का हाने ।

बिहान म बेडमा थिए , मेराे हातमा स्लाइन जाेडेकाे पाए अनि अाफुलाइ बेडमा पाए । मलाई मध्यरातमा भर्ना गरिएको रहेछ, मलाई अाराम गर्न भन्दै रातिको घटनाको बारेमा नर्सले बताईन । मलाइ कुट्ने मान्छेले मैले मेराे कारबाट उनकाे श्रीमतीकाे दुर्घटना भएको ठानेकाे रहेछन, मैले फाेनमा मेराे कारमा ठाेक्किएर दुर्घटना भएको भेनेकाे थिए भनेर बताएको रहेछन । मैले त मेराे अगाडि उभिएको कारमा ठाेक्किएर दुर्घटना भएको बताएको थिए । मैले अाफ्नाे हातबाट स्लाइन हटाएर त्यहाबाट निस्के, नर्सले राेक्दै थिईन । सरासर आकस्मिक कक्षमा पुगे मलाई झापड हान्ने मान्छे त्यहि बसेकाे देखे । उसकाे अगाडि उभिए , मलाई देखेर उ पनि उभियाे । मैले धेरै जाेडले उसलाई झापड हिर्काए, उ पहिले बसेकाे ठाउँमा बस्न पुग्याे । मैलै फेरि अर्काे झापड लगाए , आफै देखि रिस उठिरहेको थियाे , थप झापड लगाउने खाेजे तर एक जना केटिले मेराे हात समाउदै केही नगर्न हात जाेडीन । सबैजनाले मलाई किन कुटेकाे साेधे, मैले रातिकाे घटना बताए पछि सबैले उनलाई नै गाली गरे । बाहिरकाे काेलाहलले गार्ड पनि अाए अनि नर्सहरु आए, उनिहरुले कुरा स्पस्ट पारेपछि त्याे मान्छेले मसंग माफी माग्याे । मेराे हात समाउने उनको बहिनी रहिछिन् , उनलेे पनि मलाई नरिसाउन भनिन अनि रगतका लागि धन्यबाद दिईन ।

त्यतिबेला नै फेरि रगत चाहियाे भनेर नर्सले रगत खाेज्न भनियाे । उनकाे श्रीमान ब्लड बैक तिर गए , म पनि त्याहाबाट निस्किन लागेकाे थिए । उनकाे नन्दले मलाई भाउजू तपाईं संग भेट्न चाहेकाे बताइन , उनकाे हाेस अाएकाे रहेछ । म उनकाे नजिक गए, उनले मलाई हेरिन तर केही बाेल्न सकिनन । धन्यवादकाे भाव उनमा देखिएको थियाे तर उनले केही बाेल्न सकिनन् । मेराे माेवाइलमा फाेन आयाे , नयाँ नम्बर भएकोले मैले उठाइन । मैले उनकाे नन्दलाइ मेराे तीस हजार खर्च भएको बताए र साे रकम दिन भने , उनले दाइलाइ भन्छु भनिन । मेराे माेवाइलमा फेरि नम्बरबाट कल अायाे , मेराे काटि दिए । नर्सले तपाईंको रगत ए नेगेटिभ हाे , तपाईंको चिनजानमा अरु ए नेगेटिभ रक्तदाता छ भने सम्पर्क गराउन भनिन , उनकाे श्रीमानले मलाई हेरिरहेका थिए । मैले थाहा छैन भने र मलाई घर जानू छ, मलाई मेराे पैसा दिन भने । उसले मेराे एकाउन्ट नम्बर माग्याे, मैले दिए र उसले माेवाइल बैकिङ मार्फत दियाे । पैसा आउननसाथ फाेन पनि बज्याे, मैले कल उठाए । तपाईंको ए नेगेटिभ रगत हाे , धरानमा बिरामीलाई चाहिएको बताए । वास्तवमा मलाई आएकाे फाेन बन्दनाकै नन्दकाे रहेछ, छेउमा रहेकि उनले मलाई रगतका लागि कल गरेकि रहिछिन । उनको दाइले ब्लड बैंकबाट रक्तदाताकाे नम्बरहरु लिएका रहेछन् । उनलाई स्वास्थ्य लाभकाे शुभकामना दिदै त्यहाँ बाट निस्किए । पछि बाटोमा इटहरी अाउदै गर्दा मलाई केही कल र म्यासेजहरु आए, रगत डाेनर खाेज्नका लागि सहयोग गर्ने केहि संघसंस्थाका स्वयंसेवकहरु थिए ।

घर पुगेर अफिस गए, अफिसमा हिजाे देखि घर फर्किदा सम्मकाे घटनाक्रम बताए पछि रिसिप्सन बहिनिले अनलाइन चुकन्दरकाे जुस मगाइन । करिब १२ बजे रगत समुहको एक म्यासेन्जर ग्रुपमा रगत अभावमा दुर्घटना भएकी २४ वर्षीया कृषि इन्जिनियरकाे मृत्यु भएको जानकारी सहितकाे म्यासेज व्लिङक भएको थियाे । केही बेरमा ट्राफिक अपडेटमा पनि विभिन्न अनलाइन मिडियामा हिजाेकाे दुर्घटनाको प्रसंग जाेडदै कृषि इन्जिनियर बन्दना क्षेत्रीकाे मृत्युु बारे समाचार थिए ।

ए नेगेटिभ रगत समूह साच्चिकै रेयर रगत समूह रहेछन । बिहान सम्म मुस्कुराएकाे मुहार सदाका लागि अाखा बन्द गरेकि थिइन् । हिजाे बाच्नका लागि छट्पटीएकाे शरीर, अाज रगतको अभावमा मृत्युलाई अंगालेर समाचारकाे हेडलाईन बनेकी थिईन । मध्याह्नदेखि मनमा अनेक प्रश्नहरु खेलेको थियाे , राती निदाउन अगाडि एउटा समाचारमा मेराे नाम पनि जाेडिएकाे थियाे । उनकाे नन्दले मेराे बारेमा बताएकी थिईन, दुर्घटना भए पछि अस्पताल सम्म लगेर रक्तदान गरेकाे कुरा लेखिएको थियाे भने अर्काे एक अनलाइनमा ए नेगेटिभ रगत समुहकाे भए पनि अरु उहि रगत समुहकाे कसैसँग सम्पर्क नगराएकाे गुनासो उनकाे श्रीमानले गरेका थिए , मेराे नाम सहित लेखिएको समाचारमा मेराे सहयाेग का साथ असहयोगले युवा कृषि इन्जिनियरकाे मृत्यु भएको भनी लेखिएको थियाे ।

सायद मैले काेशिश गरेकाे भए रगत भेटिन पनि सकिन्थ्यो तर म शारीरिक रुपमा कमजाेर थिए अनि मनमा अनेक समस्याको भाव थियाे , सहयाेग गर्दा पनि विना कुनै प्रश्न ममाथि लगाईएकाे झापडले मलाई त्याे घटनाले निरास बनाएकाे थियाे । जे हुनु लेखेकाे हुन्छ , भएरै छाेड्छ , त्यहि भयाे । ए नेगेटिभ मात्रै हैन, आवश्यक परेकाे बेला हरेक रगत समूह भेटिदैन, निकैसकस का रक्तदाता भेटिन्छन् । यसकाे पीडा रक्तदाता खाेजिदिने सहयाेगी स्वयंसेवकहरुले मात्रै बताउन सक्छन् ।

Leave a Comment