समाचार

दुर्गा प्रसाई वर्ष उत्कष्ठ नागरिक

झापा / स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ठ नागरिकका रुपमा सम्मान गरेको छ ।

पूर्वाञ्चल क्यानसर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईलाई एक संस्थाको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गरेका हुन् ।

ग्रामीण क्षेत्रमा रहेर पनि स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा हात हाल्दै प्रसाईले बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईले भने – असाधारण मान्छेले नै चमत्कारिक काम गर्ने भएकाले मैलेपनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।

बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संर्घष गरेको बताउँदै बिर्तामोड बिस्तारै मेडिकल क्षेत्रको हब बन्दै भएको र बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिदै गएको धारणा राखे ।

कार्यक्रममा सताक्षी धाम दूधे सामुदायिक केन्द्रका अध्यक्ष छत्रवावु ओझा, क्षितिज नाट्य समूहका तर्फबाट माधव कल्पित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Comment