समाचार

अहंकारले विनाश निम्त्याउने नेता नेपालको भनाई

सुनसुरी / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहंकारले विनाश निम्त्याउने बताएका छन । राष्ट्रशान्ति धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न सुनसरीको चतराधाम पुगेका नेता नेपालले सत्तामा बसेका व्यक्तिमा अहंकार शोभनीय नहुने बताए ।

उनले अरुलाई दु:ख दिने र सताउने व्यक्तिको अन्त्य निश्चित हुने भएकाले नराम्राको संगत छाडेर राम्रो कामको बाटो रोज्न उपयुक्त हुने धारणा व्यक्त गरे ।
सो क्रममा उनले वर्तमान सरकार जनहीतमा केन्द्रीत रहेको भन्दै सबैको हीतमा काम गरेर देखाउने बताए । नेता नेपालले धर्मको संरक्षणका सवालमा वर्तमान मन्त्रिमण्डलले ठोस खाका तयार पारी अघि बढ्ने समेत बताए । सो क्रममा उनले वस्तुस्थिति अध्ययन गरी धार्मिक संग्राहलय र तिर्थस्थल निर्माणकोको कार्य अघि बढाइने बताए ।

कार्यक्रममा नेपा नेपाललाई अभिनन्दन समेत गरिएको थियो । जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले नेपाललाई अभिनन्दन गर्नु भएको थियो । नेता नेपाललाई हिन्दु धर्मको संरक्षण र नेपालमा कुम्भ मेलाको प्रारम्भ गर्न योगदान पुर्याएको भन्दै जगतगुरु पिठका तर्फबाट अभिनन्दन गरिएको छ ।

Leave a Comment