समाचार

१ नम्बर प्रदेशको नामाकरण र अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री राई

काठमाडौं । १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण र भोजपुर र संखुवासभा जोड्ने अरुण नदीमा पुल बनाउने बताएका छन् ।
उनले गृह जिल्ला भोजपुरगृह नगर षडानन्द नगरपालिकामा भएको बधाई तथा शुभकामना कार्यक्रममा पुगेर उक्त कुरा बताएका हुन् । पूर्व मुख्यमन्त्रीहरुले प्रदेशको नामकरण गर्ने विषयमा विवाद भएको भन्दै नामकरण गर्न नसकिएको बताए पनि राईले भने प्रदेश नामाकरणको बिषयमा छलफल नै नभएको बताएको छन् ।

प्रदेशको नामाकरण गर्ने विषयमा कम्तिमा दुईतिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ र प्रदेशको नामाकरणको विषयमा ठूला राजनीतिक दलले संसदमा प्रस्ताव लानु पर्ने हुन्छ ।

यो भन्दा अगाडी त्यस्तो नभएको र अब गठबन्धनले यही प्रकिृयाबाट नामाकरणको विषयमा अगाडी बढ्ने समेत मुख्यमन्त्री राईले बताएका छन् । उनले कार्यक्रममा विगत लामो समयदेखि भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीमा पक्कि पुल निर्माण हुन नसकेकोमा दुख ब्यक्त गरे । आफु पदमा नपुग्दा काम नभएपनि आफ्नो छोटो कार्यकालमा अरुण नदीमा ज्ञारेन्टीका साथ पक्की पुल निर्माण हुने बताए ।

गृह जिल्लाको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री राई षडानन्द माध्यमिक विद्यालय, अरुण माध्यमिक विद्यालय र षडानन्द नगरपालिकाले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सहभागी भएका थिए ।

Leave a Comment