समाचार

पोखरामा सवारी दुर्घटना, १४ वर्षीय बालकको मृत्यु

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । आइतबार साँझ करिब ६ बजे पोखरा-बागलुङ राजमार्ग अन्तर्गत गणतन्त्रचोकको जेब्रा क्रसिङमै सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा तनहूँ घर भइ हाल पोखरा-५ बस्दै आएका १४ वर्षका शुभम खनालको ज्यान गएको हो । खनाल शान्ति निकेतन स्कूलको कक्षा ९ मा अध्ययनरत थिए । दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक सुवास हमालले जानकारी दिए ।

Leave a Comment