समाचार

बेलचौरीमा दुर्घटना,३ जनाको मृत्यु, स्कारपिओमा तोडफोड र आगजनीको प्रयास

बेलबारी । शनिबार साझ मोरंगको केराबारी ९ बेलचौरीमा भएको सबारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । साझ ६ बजे केराबारी ९ बेलचौरीमा दक्षिणतर्फबाट आएको बा.१० च.४३०० नम्बरको स्कार्पियो र को ४० प १७२७ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकलमा सबार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लेटाङ २ का ३० बर्षिय कमल कार्की, सोहि ठाउ बस्ने ४५ बर्षिय सिता कार्कि र पथरीका ५५ बर्षिय तिलक बहादुर सुबेदीको मृत्यु भएको हो ।

दुर्घटनामा कमल कार्की र सुबेदीको घटना स्थलमा नै र सिताको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको लेटाङ २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिए।

स्कार्पियोमा सबार यात्रुहरु सामान्य घाईते रहेको प्रहरीले जानकारी दिएको छ । स्कार्पियो चालकलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिए । मृतकका आफन्तले स्कार्पियो चालकलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने भन्दै आन्दोलन गरेका छन ।

आक्रोसित आफन्तले स्कार्पियो तोडफोड गरेका छन भने आगो लगाउन लागेको भिडलाई भने प्रहरीले रोकेको छ । हाल दुबै सबारी साधन ईलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको छ ।

Leave a Comment