खेलकुद समाचार

बेलबारी गोल्डकप : गाईघाटलाई हराउदै हिमालय शेर्पा सेमिफाइनल प्रबेश

पथरी / बेलबारी गोल्ड कप २०७८ अन्तरगतको तेस्रोे क्वाटर फाइनल खेलमा हिमालयन शेर्पा क्लव काठमाण्डौ विजयी भएको छ । गाईघाटलाई ० का विरुद्ध ३ गोल गर्दै हिमालयन शेर्पा काठमाण्डौ सेमिफाईनल प्रबेश गरेको हो ।

हिमालयन शेर्पा काठमाण्डौका लागि खेलको १९ औं मिनेट जीवन गुरुङको पासमा ३५ याड टाढाबाट मनिष थापाले गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफ १–० गोल अग्रता लिएको हिमालयनका लागि ५५ औं मिनेटमा सेबि गुरूङ गोल गर्दै अग्रता दोब्बर पारे भने ७१औं मिनेट गाईघाटका विदेशी खेलाडी एलेक्स एन्डरलक्कीले हिमालय शेर्पाका त्रिदेव गुरुङलाई फल गरे पछि पाएको फ्रिकिकमा विश्वास श्रेष्टले गोल गर्दै अग्रता तेब्बर पारे । विदेशी खेलाडी सहित मैदान प्रबेश गरेको हिमालयनले गाइघाट फुटवल क्लवलाई गोल गर्ने कुनै पनि मैका दिएन । खेलमा दुबै टोलीले विदेशी खेलाडी उतारे पनि स्कोर निकाल्न नसक्दा गाईघाट पहिलो चरण बाटै बाहिरिन पुग्यो ।

खेलको म्यान अफ द म्याच हिमालयन शेर्पा काठमाण्डौका विशन गुरुङ घोषित हुदै भए । गुरुङलालाई कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदी ज्युले नगद ५ हजार ५ सय र ट्रफि प्राप्त गरे गर्नु भएको छ । कार्तिक १४ गते चौथो क्वाटर फाइनल खेल रारा फुटवल क्लब राजारानी र आयोजक डाँगीहाट फुटबल क्लब बेलबारी विच हुने छ ।

प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११/११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

Leave a Comment