खेलकुद समाचार

लेटाङमा मेयर कप भलिबल कात्तिक १४ देखि

पथरी / मोरङको लेटाङमा १ नम्बर प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ को आयोजना गरिने भएको छ । कात्तिक १४ देखि १६ गते सम्म हुने उक्त प्रतियोगितामा प्रदेश नं. १ का १२ टिमको सहभागिता रहेको आयोजकले बिहिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

लेटाङ भलिबल क्लबको आयोजनामा हुने प्रतियोगिताको लेटाङ नगरपालिकको बिषेश सहयोग रहेको छ । लेटाङ भलिबल क्लबका कोर्टमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार नगद सहित मेयर कप, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेता टोलीले ५१ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका लागि लेटाङ नगरपालिकाको २ लाख २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ भने प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्ने भएको छ । प्रतियोगितामा विभिन्न ५ विधाका खेलाडीलाई विधा गत उत्कृष्ट पुरस्कार दिइने प्रदान गरिने आयोजकको भनाई छ ।

६ लाख ५० हजार रुपियाँ खर्च हुने प्रतियोगितामा प्रत्येक टिमबाट राष्ट्रिय र प्रदेश स्तरीय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष ललिलबहादुर लिम्बूले बताउनु भयो ।

Leave a Comment