खेलकुद समाचार

चौथो अन्तराष्ट्रिय बेलवारीमा गोल्डकपको उदघाटन खेलबाटै बाहिरियो च्यासल

बेलबारी । मोरङको बेलबारीमा कार्तिक ११ देखि सुरु भएको चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलवारीमा गोल्डकपको उद्धघाटन खेलमा रोलिङ क्लव धुलाबारी विजयी भएको छ । विराज महर्जन, नेपाली मुलका इटालीयन खेलाडी विकाश मेरगेलिया, नाइजेरियन खेलाडी मैसा, केचा एनिक लगायतका खेलाडी सहित मैदान उत्रिएको च्यासलले अग्रता जोगाउन नसक्दा पहिलो खेलमै हार बेहोरेको छ । खेलको १२ औं मिनेटमा रुमेस बड्तौलाको पासमा उत्कृष्ट गोल गर्दै च्यासलका सुसान लामाले अग्रता बनाए पनि दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ५९ औं मिनेटमा हेनरी वेलिले गोल गर्दै खेल बराबरीमा पुर्याए । निधारित समय सम्म १÷१ को बराबरी भए पछि खेल ट्रइबेकरमा धकेलियो ।

नेपाली मुलका इटालीयन खेलाडी विकाश मेरगेलियाले च्यासल क्लवमा आबद्ध भए संगै निकै चर्चामा रहेका थिए । उनिले कस्तो खेल्छन र उनको खेल कस्तो छ भन्ने क्लवका कोच र खेलाडी र आम दर्शकलाई कैतुहल्ता थियो । च्यासल क्लवबाट लक्ष्मिमार्ग रंगशालामा खेल्दै डेब्लु गरेका विकाशका लागि भने फलदायी बनेन् । विकाशले क्लवहरुले सोचेजस्तो र दर्शक खेलाडीले आशागरे अनुरुप खेल खेल्न र देखाउन सकेन्न ।

ट्राइबेकरमा रोलिङ क्लव धुलाबारीका तर्फबाट मार्टिन सोली, जोन जोरु, बविन बोहोरा र रोहन कार्कीले गोल गर्न सफल भए भने च्यासलका तर्फबाट अजित गुरुङ, मैसा र केचा एनिकले गोल गरे अर्विन राईको बल गोरक्षक मनोज प्रधानले बचाए त्यस्तै कमल श्रेष्ठको बल बारमा लागेर फर्कियोदा रोलिङ क्लव धुलाबारीले ३÷४ अन्तरले जित्दै सेमिफाइनल प्रबेस गरेको छ ।
प्रतियोगिताको म्यान अफद म्याच रोलिङ क्लव धुलाबारीका गोल रक्षक मनोज प्रधान धोषित हुदै नगद ५ हजार ५ सय प्राप्त गरे । भोलिको खेल सशस्त्र प्रहरीबल काठमाडौ र आमुक परिवार वष्ट बगालका विच हुनेछ ।

प्रतियोगिताको विजेता टीमले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार सहित ट्रफि प्राप्त गर्ने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्ड फिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनहि ११÷११ हजार रूपैयाँ पुरस्कार पाउने छन् । सशस्त्र प्रहरी बल, काठमाण्डौ, हिमालय शेर्पा क्लब काठमाण्डौं, च्यासल क्लब काठमाण्डौ, आयोजक डाँगीहाट युथ क्लब मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा, रोयल फुटबल क्लव, सिलिगुडी (भारत) रहका छन् ।

Leave a Comment