समाचार

वैज्ञानिकले गरे आकाशगंगाबाहिर ग्रह रहेको संकेत

लन्डन / खगोलशास्त्रीले पहिलो पटक हाम्रो आकाशगंगाभन्दा बाहिर कुनै ग्रह भएको बताएका छन् । खगोलशास्त्रीले फेला पारेको पिण्ड आकाशगंगाबाट २ दशमलब ८ करोड प्रकाशवर्ष टाढा छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासााको चन्द्र एक्सरे टेलिस्कोपबाट सो पिण्ड फेला परेको वैज्ञानिकहरुको भनाई छ । फेला पारेको भनिएको नयाँ ग्रह मेसीअर ५१ नामक आकाशगंगामा छ ।
अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५,००० वटा बाह्य ग्रह भेटिएका छन् । तर, ती सबै आकाशगंगामा छन् ।

Leave a Comment