समाचार

अहिले साँझ विराटनगर कञ्चनबारीमा तीनवटा गाडी जुध्याे : घटनास्थल एक जनाको मृत्यु ६ घाइते

माेरङ / विराटनगरस्थित कञ्चनबारीमा तीनवटा गाडी जुध्दा एक जनाको मृत्यु भएको छ । प्रदेश २-०३-००१ ख १७७२ नम्बरको ट्रक र प्रदेश ३-००१-०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी एक अापसमा जुध्दा घटनास्थलमै एक जनाकाे मृत्यू ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । साँझ भएको सवारी दुर्घटनामा मृतकको परिचय खुलेको छैन । घटनाको बारेमा पुरा विवरण प्राप्त भएकाे छैन ।

Leave a Comment