समाचार

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल चल्दै

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरुबीच अहिले छलफल भइरहेको छ । न्यायपालिकामा देखिएको समस्या र नेतृत्वमाथि उठेका प्रश्नमा आफ्नो धारणा राख्न असन्तुष्ट न्यायाधीशहरु प्रधानन्यायाधीश चेम्बरमा पुगेका हुन् ।

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै न्यायाधीशहरु विद्रोहमा उत्रिएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको छ । इजलास बस्न सकेको छैन । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच भेटघाट तथा छलफल भइरहेको बताए । उनका अनुसार छलफलमा सबै न्यायाधीश सहभागी छन् ।

मन्त्रिमण्डलमा भाग लिएको, संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइ रोकेको, स्वचालित विधि अर्थात गोलाप्रथाबाट पेशी तोक्ने प्रतिवेदन कार्यान्वयन नगरेको लगायत विषयमा जोडेर प्रधानन्यायाधीशको राजीनामा माग्ने आवाज बढिरहेको छ । न्यायालय जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने सर्वोच्चका वरिष्ठतम् न्यायाधीशहरुको पनि निष्कर्ष छ ।

Leave a Comment