समाचार

मुगु दुर्घटना अपडेट : मृतकको संख्या २३ पुग्यो, घाइतेलाई अस्पताल लगिँदै

मुगु / मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । घाइते १८ जनालाई सेना प्रहरी तथा स्थानीयले उद्धार गरेर अस्पताल लगिँदै छ ।

केही घाइतेलाई नेपालगन्ज र काठमाडौं रिफर गर्न हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ ।

Leave a Comment