समाचार

रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

मस्को / रूसमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ । दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ ।

राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । एजेन्सी

Photo: aljazeera.com

Leave a Comment