समाचार

प्रेस युनियन सुनसरीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

इटहरी । वडादशैं,शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाल प्रेस युनियन सुनसरीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता तथा नेपाली काँग्रेस सुनसरीका सभापति तथा प्रदेश १ प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाको प्रमुख आतिथ्यतामा शुभकामना तथा आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइराला, नेपाल महिला संघ सुनसरीकी अध्यक्ष विजया कटवाल, कांग्रेस सुनसरी सचिवद्वय केदार भण्डारी, सुजेन्द्र तामाङ, कांग्रेस सुनसरी क्षेत्र नं. २ का सभापति मणिराम श्रेष्ठ, इटहरी नगर सभापति हेमकर्ण पौडेल, धरान सभापति श्याम पोखरेल, नेविसंघ पूर्व केन्द्रीय उपसभापति तथा कोभिड अनुगमन समिति सुनसरी संयोजक विकास केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला, युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले पार्टीभित्रका तीक्तताहरूलाई मेट्दै जानूपर्नेमा जोड दिए । युनियन सुनसरी उपाध्यक्ष सञ्जीव वाग्लेले संयोजन गरेको कार्यक्रम सचिव विवेक भट्टराईले सञ्चालन गरेका थिए ।

Leave a Comment