समाचार

पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन् । पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ ।

यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएको हो ।

Leave a Comment