समाचार

इटहरी दुर्घटना: ट्रकको ठक्करबाट इनरुवाका शुसान्त सहित २ को मृत्यु

इटहरीमा भएको दुर्घटनामा इनरुवाका शुसान्त भट्टराई सहित २ जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा इनरुवा २ घर भएका २५ वर्षिय शुसान्त भट्टराई र संघुवासभा घर भई इनरुवा अस्पतालमा ओजिटीमा कार्यरत विभिषण विक रहेका छन ।

प्रहरीका अनुसार घटना राती ११ बजेको हो । पूर्व पश्चिम राजमार्गको इटहरी १७ लायन्स चोक खण्डमा भएको दुर्घटनामा स्कुटर चालक शुसान्त सहित सँगै सवार विभिषण विकको मृत्यु भएको हो ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार ना ६ ख ५६८१ नम्बरको ट्रकले इनरुवा तर्फ आउँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।दुर्घटनामा परेका गम्भिर अवस्थाका घाइतेलाई कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालकले मापसे भने गरेको नपाइएको बताएको छ ।

प्रहरीले सवारी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले ट्रक चालक वर्ष ३१ को अर्जुन गिरीलाई भने नियन्त्रणमा लिइएको जनाएको छ ।

Leave a Comment