Uncategorized समाचार

पाँचथर अस्पतालमा मृत्यु भएकी वालिकाको शव बुझ्ने सहमति

पाँचथर / उपचारको क्रममा वालिकाको निधन भएको विषयमा पाँचथर अस्पतालमा जारी तनाब अन्त्य हुने भएको छ । मृतक वालिकाका आफन्त र सर्वपक्षिय बैठकबाट सहमति जुटेपछि समस्याको सामधान हुने भएको हो । बिहिबार प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाल ढकालको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठले सहमती जुटाएको बताइएकाे छ ।

सहमति अनुसार जिल्ला अस्पताल विकास समिति र रेडक्रस सोसाइटि पाँचथरले मृतक परिवारलाई किरिया खर्चका लागी ४० हजार उपल्बध गराउने, वालिकाको मृत्युको सम्बन्धमा रेडक्रस सोसाइटि पाँचथरका सभापती कृष्ण प्रसाद बाँसकोटाको संयोजत्वमा समिति बनाउने र उक्त समितिले १५ दिन भित्रमा प्रतिबेदन बुझाउने सहमती भएको छ ।

सहमतीमा उपयुक्त समयमा मृतकवालिकाको आमालाई जिल्ला अस्पताल विकास समितिले रोजगारी उपल्बध गराउन पहल गर्ने, मृतक बालीकाको पोष्टमार्टम पाँचथर अस्पतलामा गराउने सहमती भएको छ । सहमती भए पछि वालिकाका आफन्तहरुले बालीकाको शब बुझने भएका छन् । उपचारको क्रममा ल्याईएको बालिकाको उपचारको क्रममा निधन भए पछि बुधबार बिहानबाट पाँचथर अस्पताल तनाबग्रस्त बनेको थियो ।

Leave a Comment