समाचार

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले न्युज कारखानालाई जानकारी दिए ।

बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । स्थायी कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेता न्यौपानेले बताए ।

एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिसकेको छ । यसबाहेक बैठकमा वर्तमान सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । एसले चार मन्त्रालयको भाग पाएको छ ।

Leave a Comment