समाचार

मध्यराती इटहरीमा ट्रकले स्कुटरलाइ ठक्कर दिँदा दुई जनाको मृत्यु

इटहरी / मध्यराती इटहरीमा ट्रकले स्कुटरलाइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकाे छ । पूर्व पश्चिम लोक मार्ग अन्तर्गत राती ११ बजे इटहरी १७ लायन्स चौकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख५६८१ नम्बरको ट्रक ठक्कर दिँदा स्कुटरमा सबार दुई जनाको मृत्यु भएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

ठक्करबाट गम्भीर घाइते दुवैलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लाँदै गर्दा बाटैमा मृत्यु भएको र उनिहरूकाे नाम ठेगाना खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

अहिले शव अस्पतालको शवगृहमा रहेको छ भने ट्रक र चालक मकवानपुर हेटौँडा ९ बस्ने ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् । स्कुटरको लापरबाहीले दुर्घटना भएको ट्राफिक प्रहरीको दाबी रहेकाे छ ।

Leave a Comment