समाचार

पाकिस्तानमा भूकम्पः २० जनाको मृत्यु, दर्जनौं घाईते

ईस्लामावाद / पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पमा २०० भन्दा बढी घाईते भएका छन् । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित छ ।

भूकम्पपछि विद्युतीय आपूर्ति बन्द हँुदा सो प्रान्तका केही अस्पतालसमेत प्रभावित छन् । हार्नी सहरमा सडक भत्किएका छन, विद्युत आपूर्ति अबरुद्ध भएको छ र मोवाईलको नेर्टवर्किङमा समस्या देखिएको छ ।

भूकम्पछि घर तथा छाना भत्किदा मानिसहरु फँसेका थिए । भुकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका थिए । भूकम्पमा अहिलेसम्म २० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,’ बलोचिस्तानका गृहमन्त्री मिर जीया उल्लाहले भने । मृत्यु हुनेमा एक महिला र ६ बालबालिका छन् ।

एजेन्सी

Leave a Comment