समाचार

रन वेबाट चिप्लियो श्री एयरलाइन्सको जहाज

काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रन वेबाट चिप्लिएको छ । त्रिभुवन इन्टरनेशनल विमानस्थलका महानिर्देशक प्रतावबाबु तिवारीले श्री एयरलाइन्सको जहाज बिमानस्थलको पार्किङस्थलमा नै चिप्लिएको बताए ।

उनले आर्थिक न्युजसंग भने, ‘मंगलबार श्री एयरलाइन्सको जहाज विमानस्थलकै पार्किङबाट ट्याक्सी वेमा गुड्दैगर्दा चिप्लिएर घाँसे मैदानमा पुगेको हो । उक्त विमान काठमाडौंबाट नेपालगञ्ज उडानको तयारीमा थियो ।’ जहाजमा भने कुनै क्षति नभएको उनले जानकारी दिए ।

Leave a Comment