समाचार

कांग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी

काठमाडौं / नेपाली कांग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भएको का‌ंग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले एक सय ३८ मत पाएका छन् ।

काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको थिए । सचिव पुडासैनीका अनुसार अहिलेसम्म बूढानीलकण्ठ र कागेश्वरी–हनहरामा परिणाम आइसकेको छ भने अन्यमा गणना जारी छ ।

काठमाडौं महानगरमा अहिले बिहान ९ बजेदेखि मतदान सुरू भएको छ । ११ वटा पालिका रहेको काठमाडौंमा दक्षिणकालीमा वडा नम्बर २ को वडा अधिवेशन बाँकी रहेकाले पालिका अधिवेशन सुरु हुन सकेको छैन । कीर्तिपुरमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।

Leave a Comment