खेलकुद समाचार

साफमा बंगलादेशको विजयी सुरुवात

काठमाडौं / बंगलादेशले माल्दिभ्समा शुक्रबार सुरु भएको १३औँ साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा प्रतियोगिताको सुरुवाती खेलमा बंगलादेशले श्रीलंकामाथि १-० को जीत निकालेको हो । बंगलादेशको जीतमा तोपु बर्मनले ५५औँ मिनेटमा निर्णायक गोल गरे ।

पाँच टोलीको मात्र सहभागिता रहेका कारण यसपालि प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा भइरहेको छ । पहिलो चरणका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता ३० असोजसम्म हुनेछ । यस पटक प्रतियोगितामा पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् । नेपालले आज राति पौने १० बजे घरेलु टोली साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

Leave a Comment