समाचार

एमाले विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि, माओवादीबाट आएका ५३२

काठमाडौं / एमाले प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् ।

यसरी आएका प्रतिनिधिमध्ये नेकपा (माओवादी केन्द्र) छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन् । १९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषद्बाट २१३ जनाले सहभागिता जनाएका छन् ।

त्यस्तै, पार्टीका विभिन्न विभागबाट ३१० जना र जनसंगठनबाट २२० जना सहभागी भएका छन् भने प्रदेश कमिटीहरूबाट दुई हजार २७१ प्रतिनिधि सहभागी छन् । एमालेको उपत्यका विशेष कमिटीबाट प्रतिनिधित्व गर्दै १५८ जना सहभागी हुँदा विभिन्न सम्पर्क समन्वय कमिटीबाट ३६० जनाले सहभागिता जनाएका छन् ।

img src=”https://nepali.scriling.com/wp-content/uploads/2021/10/e0a48fe0a4aee0a4bee0a4b2e0a587-e0a4b5e0a4bfe0a4a7e0a4bee0a4a8-e0a4aee0a4b9e0a4bee0a4a7e0a4bfe0a4b5e0a587e0a4b6e0a4a8e0a4aee0a4be.jpg” alt=”” width=”1422″ height=”640″ class=”alignnone size-full wp-image-473458″ />

७७ जिल्ला कमिटीका पदाधिकारीहरू ३६४ जना प्रतिनिधि हुँदा १६५ निर्वाचन क्षेत्रबाट ४०७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । प्रवास कमिटीबाट १२६ जना सहभागी भएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीले मनोनयन गरेका ५६६ जना प्रतिनिधि सहभागी छन् । ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेश र संघका निर्वाचित ९३४ जनप्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि बनेका छन् ।

Latest News

Leave a Comment