समाचार

एमाले विधान महाधिवेशनको मिडिया सेन्टर भद्रगोल

काठमाडौं / एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । हाइटेक भनेको एमालेको विधान महाधिवेशनको मिडिया सेन्टर नै भद्रगोल देखिएको छ ।

महाधिवेशन हलमाथि बाल्कोनीमा मिडिया सेन्टरका लागि चारवटा कोठा छन् । तर, न कम्प्युटर छ न वाइफाइ सुविधा नै छ । पत्रकारहरू बस्न दुई चारवटा कुर्सी राखिएको छ । एउटा टेलिभिजन सेट राखिएको छ । तर, कम्प्युटर, वाइफाइ केही नहुँदा महाधिवेशनको न्युज कभरेज गर्न पुगेका पत्रकार सकसमा परेका छन् ।

Leave a Comment