समाचार

पहिलो पटक शुभकामनाबिनै हुँदै छ एमाले महाधिवेशन

काठमाडौं / राजनीतिक दलका अधिवेशन र महाधिवेशनमा अन्य दलका नेता तथा शीर्ष नेताले शुभकामना दिने परम्परा तोड्दै एमालेले विधान महाधिवेशन सुरु गरेको छ ।

पार्टीका महाधिवेशनहरूमा विगतमा शुभकामना दिन विभिन्न दलका नेताहरू आमन्त्रण गरिन्थ्यो । तर, एमालेले भने यस पटक कुनै दलका नेताहरूलाई शुभकामना दिन नबोलाएको महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले बताए ।

तामाङका अनुसार महाधिवेशन उद्घाटन सत्रमा दलका अन्य नेतासमेत बोल्ने कार्यक्रम छैन । ‘अध्यक्षज्यू (ओली)ले सम्बोधन गरेपछि सोझै पार्टीका दस्तावेज प्रस्तुतिको क्रम सुरु हुन्छ’, तामाङले भने ।

Leave a Comment