समाचार

नेपाली श्रमिकसंग सम्बन्धित बिषयमा दूतावास मौन बस्दैनन् : राजदूत भण्डारी

दोहा / कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपाली श्रमिकको समस्या समाधान लगायत सम्बन्धित बिषयमा दूतावास कदापी मौन नबस्ने बताएका छन् । गैरआवासीय नेपाली संघ कुवेतको नेतृत्वमा त्यहाँ क्रियासिल विभिन्न संस्थाहरु र दूतावासबीच भएको छलफल राजदूत भण्डारीले कुवेतमा अप्ठेरोमा परेका नेपालीहरुको समस्या हल गर्न दूतावास सधै तयारी रहेको बताए ।

छलफल न्युनतम तलवमा कुवेतमा काम गरिरहेका नेपालीहरु कोरोना महामारीका कारणले लामो समयसम्म स्वदेशमै रोकिएको र उनिहरुलाई पुन: रोजगारीमा फर्किन महङ्गो टिकटदर घटाउने, नेपाली श्रमिकहरुको चापलाई ध्यानमा राख्दै एयरवेज वा अन्य कुनै पनि एयरवेजद्वारा सिधा उडानको लागि पहल गर्ने उनले बताए । हवाई भाडादर बढी भएको गुनासो आईरहेको भन्दै उनले ३५० कुवेती दिनार भन्दा बढी रहेको भाडादरलाई घटाएर ३ सयको हाराहारीमा बनाएको तथा त्यसलाई पनि घटाएर २ सय देखि २२० दिनारसम्म बनाउन पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

साथै,अहिले कुवेत सरकारले गैरकानुनी रुपमा बसेका बिदेशी नागरिक माथि धड्पकड तीब्र परिरहेकाले अफ्ठ्यारोमा नपर्न र विभिन्न संघ संस्था र सामाजिक अभियान्तहरुले पनि गैरकानुनी नबन्न सामाजिक सञ्जाल तथा विभिन्न संचार माध्यमबाट सचेत गराउन राजदूत भण्डारीले आग्रह गरेका छन् ।

एनआरएनएको नेतृत्वमा भएको छलफलमा सरोकार समाज कुवेत, कल्याणकारी युवा समाज , किरात याक्थुङ कुवैत, लुम्बिनी समाज, बिस्वकर्मा एकता समाज, ट्याक्सी व्यवासायी संघ, मोना कुवेत , प्रवासी नेपाली एकता मन्च कुवेत लगायत अन्य विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।

Leave a Comment