समाचार

संसद बैठक : सभामुख सहयोग माग्ने, एमाले सांसद नाराबाजी गर्ने

काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निर्वाध रूपमा सञ्चालन हुने वातावरण बनाउन एमाले सांसदसँग सहयोग मागेका छन् । तर, सभामुख सापकोटाको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरूले बिहीबारको बैठकमा पनि नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै जारी नवौँ अधिवेशनका बैठकमा एमाले सांसदको नाराबाजी चल्दै आएको छ । संसद्को गतिरोध अन्त्य गर्न सभामुख र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ । उसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ ।

Leave a Comment