खेलकुद समाचार

बार्सिलोनाको लज्जास्पद हार, म्युनिखको सहज जित

काठमाडौं / यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिनोलानाले लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना बेन्फिकासँग ३-० गोल अन्तरले पराजित भएको हो । बेन्फिकाको जितमा डार्विन नुनेजले २ तथा राफा सिल्भाले १ गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थपेको थियो ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाको जित टाढिएको थियो । यो जितसँगै बेन्फिका समूह ‘ई’ मा दुई खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा छ । दोस्रो जितसँगै बायर्न शीर्ष स्थानमा रहँदा बेन्फिका एक अंक जोडेर तेस्रो स्थानमा छ ।

बुधबार राति नै भएको समूह ‘ई’ को खेलमा बायर्न म्युनिखले ड्यनामो केइभ ५-० को फराकिलो गोल अन्तरले पराजित गरेकाे छ । घरेलु टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्कीले दुई तथा सर्जी जीनाब्री, लिरो साने र इरिक मोटिङले १/१ गोल गरे । जितसँगै समूह ‘ई’ मा बायर्न शीर्ष स्थानमा छ । उसको दुई खेलबाट ६ अंक छ । केइभको दुई खेलबाट एक अंक रहँदा बार्सीलोना बिना अंक पुछारमा रहेको छ ।

Leave a Comment